सहर्ष न्युज, काठमाडौं । गृहमन्त्री रमेश लेखक भैसीपाटीमा हालसालै निर्माण सम्पन्न भएको नयाँ मन्त्री क्वाटरमा सर्दै हुनुहुन्छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री लेखक आजै उक्त मन्त्री क्वाटरमा सर्नुहुने भएको हो ।
पुल्चोकस्थित मन्त्री क्वाटर पुरानो शैलीको रहेको र मन्त्रीको संख्या बढ्दै गएपछि सरकारले केही समय अघि भैसेपाटीमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गरेको थियो ।
उक्त भवनमा मन्त्रीहरु धमाधम सर्न थाल्नु भएको छ । यसैक्रममा मन्त्री लेखक पनि सोही निवासमा सर्न लाग्नुभएको हो ।
विधिको शासन स्थापति गर्न लागिपर्ने प्रतिबद्धता सहित पछिल्लो गठबन्धनबाट गृहमन्त्री बन्नुभएका मन्त्री लेखकले भष्ट्राचार नियन्त्रण गर्ने पहिलो प्राथमिकतामा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताउनुभएको छ ।
साथै गृह मन्त्रालयले गर्दै आएका काममा पनि चुस्त र दुरुस्त बनाउँदै लगेको उहाँले बताउनुभएको छ ।
