२०८३ भाद्र २८ गते आइतवार

images

अजिरकोट गाउँपालिकामा ‘तीज गीत तथा नृत्य प्रतियोगिता’मा बनदेवी आमा समूह भच्चेक प्रथम (फोटो फिचरसहित)

अजिरकोट गाउँपालिकामा ‘तीज गीत तथा नृत्य प्रतियोगिता’मा बनदेवी आमा समूह भच्चेक प्रथम (फोटो फिचरसहित)

सहर्ष न्युज
सोमवार, भाद्र ९ २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ९ २०८२
  • सुष्मा सापकोटा, अजिरकोट : गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम अन्तर्गत ‘मौलिक तीज गीत तथा नृत्य प्रतियोगिता’ सम्पन्न भयो । गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा अजिरकोट गाउँ पालिकाका अध्यक्ष दीपक देवकोटाको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि देवकोटाले परम्परादेखि मनाउँदै आइएको मौलिक तथा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण अजिरकोटका महिला दिदीवहिनीहरुलाई शुभकामना दिनुभयो । यस्ता परम्परागत मौलिक संस्कृति तथा नारीहरुको महान चाडलाई जीवन्तता दिन विशेषगरी नारीहरु नै सक्रिय हुनुपर्नेमा अध्यक्ष देवकोटाले जोड दिनुभयो ।

    भच्चेक बजार बसपार्कको ग्राउण्डमा भएको उक्त प्रतियोगितामा गाउँपालिकाका ९ वटा समूहको सहभागीता रहेको थियो ।

    उक्त प्रतियोगितामा बनदेवी आमा समूह अजिरकोट –३ भच्चेक पहिला भएको थियो भने निम्चे पोखरी आमा समूह अजिरकोट–२ खिम्पु दोस्रो भएको थियो । त्यसैगरी अमरज्योति आमा समूह अजिरकोट–३ नम्की तेस्रो भएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रतिभा देखाउन सफल पहिला, दोस्रो र तेस्रो हुने समूहहरुलाई प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले पुरुस्कार प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न आकर्षक झाँकी नृत्य पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको सयौंले अवलोकन गरेका थिए ।

    कार्यक्रममा अजिरकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मनोज गुरूङले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको समापन कार्यक्रमका सभापति तथा गाउँपालिका उपाध्यक्ष भुजेलले गर्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend