२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डको समर्थन,...

पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डको समर्थन, भने- "संघलाई अझ सशक्त बनाउनुहोस्"

पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डको समर्थन, भने- "संघलाई अझ सशक्त बनाउनुहोस्"

सहर्ष न्युज
सोमवार, भाद्र ९ २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वलाई बधाई दिँदै संघको सशक्तिकरणमा पूर्ण समर्थन रहने बताएका छन्।

    खुमलटारस्थित आफ्नो निवासमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिएका हुन्। शेर्पाको प्यानलले सत्तारूढ कांग्रेस, एमाले, नेकपा (एस) गठबन्धनलाई पराजित गर्दै चुनाव जितेको हो। शेर्पालाई रास्वपाको समेत समर्थन थियो।

    कार्यक्रममा बोल्दै प्रचण्डले भने, “नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। एनएमए जस्तो संस्थाले देशको पर्यटन र अर्थतन्त्रमा ठुलो योगदान दिन सक्छ। निर्वाचित अध्यक्षलगायत सबै पदाधिकारीलाई मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु।”

    उनले संघप्रति आफ्नो पुरानो सम्बन्धको स्मरण गर्दै सरकार पर्वतारोहण तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे। प्रचण्डले पर्यटनसँग सम्बन्धित नयाँ विधेयकलाई संसदबाट पारित गराउन आफूले आवश्यक पहल गर्ने बताए।

    उनले स्पष्ट भने, “एनएमएलाई अझ प्रभावकारी र सक्षम संस्था बनाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ।”

    हालै सम्पन्न निर्वाचनमा फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानलले अधिकांश पदमा विजय हासिल गरेको थियो। एक उपाध्यक्ष र एक सदस्यबाहेक सबै पदमा सोही प्यानलका उम्मेदवार विजयी भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend