२०८३ भाद्र २८ गते आइतवार

images

एक वर्षमा १७ खर्ब २३ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो, विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि

एक वर्षमा १७ खर्ब २३ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो, विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि

सहर्ष न्युज
आइतवार, भाद्र ८ २०८२
सहर्ष न्युज
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं ।  गत आर्थिक वर्ष २०८१/२०८२मा नेपालमा १७ खर्ब २३ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.१ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो।

    समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो।

    समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१५खर्ब  ७१ अर्ब २४ करोड रहेको थियो।

    केन्द्रीय बैंकका अनुसार  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५,०५,९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,३३,३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४,६०,१०२ र २,८१,१९५ रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend