२०८३ भाद्र २७ गते शनिवार

images

शिक्षक महासंघद्वारा पुनः आन्दोलनको घोषणा, आन्दोलनका कार्यक्रम सार्वजनिक

शिक्षक महासंघद्वारा पुनः आन्दोलनको घोषणा, आन्दोलनका कार्यक्रम सार्वजनिक

सहर्ष न्युज
शुक्रवार, भाद्र ६ २०८२
सहर्ष न्युज
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेका मागहरू पूरा नभएको भन्दै पुनः आन्दोलनमा जाने घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अबका आन्दोलनहरू अघिल्ला चरणभन्दा कडा र दबाबमूलक हुने चेतावनी दिएको हो।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले २७ बुँदे सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्न लागिएको जानकारी दिए। उनले भने, "सरकारसँग गरिएका सहमतिहरू नै हाम्रो बटमलाइन हो, तर ती मागहरू बेवास्ता गरिएका छन्। अबको आन्दोलन हिजोको भन्दा सशक्त र निर्णायक हुनेछ।"

    महासंघद्वारा नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक

    भदौ ९ गते: प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने।

    भदौ ११–२० गते: केन्द्रमा सबै राजनीतिक दलका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइने र २ घण्टे प्रतिनिधिमूलक धर्ना दिइने।

    भदौ १३ गते: सबै स्थानीय पालिकामा प्रतिनिधिमूलक उपस्थिति रहने धर्ना।

    भदौ १५ गते: सबै जिल्लाका शिक्षा समन्वय इकाइहरूमा ध्यानाकर्षणसहित धर्ना।

    भदौ २१ गते: दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने।

    शिक्षक महासङ्घले शिक्षा विधेयक संसदको समितिबाट पारित भएलगत्तै आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै आएको छ। महासङ्घको आरोप छ कि विधेयकले शिक्षकमाथि अन्यायपूर्ण व्यवस्था लागू गर्ने खतरा बोकेको छ।

    महासङ्घले सरकारले वार्ताबाट समाधान खोज्न आग्रह नगरेको र शिक्षाकर्मीका हक अधिकार सुनिश्चित नगरेको भन्दै आन्दोलनलाई आवश्यक परे थप तीव्र बनाउने चेतावनीसमेत दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend