२०८३ भाद्र २८ गते आइतवार

images

संसदीय समितिबाट भूमि सम्बन्धी विधेयक पारित, माओवादी र रास्वपाले फरक मत दिने

संसदीय समितिबाट भूमि सम्बन्धी विधेयक पारित, माओवादी र रास्वपाले फरक मत दिने

सहर्ष न्युज
बिहिवार, भाद्र ५ २०८२
सहर्ष न्युज
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं : प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। समितिको बैठक सिंहदरबारमा बसेको थियो जहाँ भूमि सम्बन्धी नेपाल ऐनमा संशोधन गर्ने विधेयकमाथि छलफल भएको थियो।

    तर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधेयकमाथि असन्तुष्टि जनाउँदै फरक मत दिने घोषणा गरेका छन्।

    समितिको छलफलमा समय अभावका कारण माओवादी केन्द्रका सांसद र समितिका सदस्यहरू बैठकबाट बाहिरिएका छन्। उनीहरूले भोलि शुक्रबार फरक मतसहित समितिमा आफ्नो हस्ताक्षर दिने तयारी रहेको सचिव शिवदत्त बरालले जानकारी दिएका छन्।

    बैठकमा माओवादी केन्द्रकी सांसद रुपा चौधरी र रास्वपाका सांसद अशोककुमार चौधरीले विधेयकमा आफ्नो धारणा राख्न थप समय माग गरेका थिए। तर, समय नपाउँदा विधेयक पारित भएपछि माओवादी सांसदहरू बैठकबाट बाहिरिएका थिए।

    समितिले भने फरक मतसहित पनि शुक्रबार हस्ताक्षर गर्ने व्यवस्था मिलाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend