२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरणको तयारी अन्तिम...

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरणको तयारी अन्तिम चरणमा

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरणको तयारी अन्तिम चरणमा

सहर्ष न्युज
बिहिवार, भाद्र ५ २०८२
सहर्ष न्युज
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं ।  भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ। पाइपलाइन विस्तारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ र हाल सोही पाइपलाइनमार्फत नियमित रूपमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ।

    नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यका अनुसार पाइपलाइनमार्फत ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण कार्य पनि भइरहेको छ। परीक्षणका लागि भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिएको छ। पाइपलाइनमा समस्या देखिएमा तत्काल मर्मत सम्भारको व्यवस्था मिलाइएको छ र परीक्षण सकिएकाले चाँडै नै औपचारिक रूपमा पाइपलाइन हस्तान्तरण गरिने तयारी भइरहेको उनले जानकारी दिए।

    पाइपलाइन हस्तान्तरणका लागि दुवै देशका प्रधानमन्त्रीको संयुक्त सहभागिता रहने वा अन्य प्रक्रिया अपनाउने भन्नेबारे हाल दुवै पक्षबीच छलफल चलिरहेको छ।

    यससँगै अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६९ किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी पनि तीव्र बनेको छ। उच्चस्तरीय प्राविधिक टोलीबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ र चितवनमा कार्यालय समेत स्थापना भइसकेको छ। अब केही दिनभित्रै माटो सम्याउने काम सुरु भई तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    चितवनको लोथरमा २३ बिघा १२ कठ्ठा क्षेत्रफलमा ग्रिनफिल्डसहित एक लाख लिटर क्षमताको पेट्रोलियम भण्डारण टनेल निर्माण गरिनेछ। अमलेखगञ्ज–लोथर पाइपलाइन परियोजना ‘जीटुजी’ सम्झौताअन्तर्गत भारतीय आयल निगममार्फत निर्माण गरिनेछ।

    यसैबीच, अमलेखगञ्जस्थित आयल निगमको लोडिङ प्रणालीमा देखिएको समस्या समाधानका लागि भारतीय प्राविधिक टोलीले मर्मत कार्य अघि बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend