२०८३ भाद्र २८ गते आइतवार

images

ईमामको पुवा खोलाको बेलीब्रिज उद्घाटन

ईमामको पुवा खोलाको बेलीब्रिज उद्घाटन

सहर्ष न्युज
बुधवार, भाद्र ४ २०८२
सहर्ष न्युज
बुधवार, भाद्र ४ २०८२
  • विराटनगर : ईलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलामा निर्माण गरिएको बेलीब्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुधबार आयोजित एक समारोहका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा पुल उद्घाटन गरेका हुन्।

    भारतीय सरकारको सहयोगमा निर्माण गरिएको उक्त बेलीब्रिजको लम्बाइ ४८.८ मिटर रहेको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार झण्डै १ करोड ४८ लाख रुपैयाँको लागतमा सागर-शुभारम्भ-एरिसा जेभीले पुल निर्माण सम्पन्न गरेको हो।

    पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर, र इलाम जिल्लाका बासिन्दाको झापा लगायतका तराई क्षेत्रमा आवागमन थप सहज हुने भएको छ। यससँगै पहाड–तराईबीचको दुरीसमेत छोटो भएको छ।

    यातायात सुचारु भएसँगै स्थानीय कृषिजन्य उत्पादनको बजार पहुँच पनि वृद्धि हुने अपेक्षा गरिएको छ। यसले स्थानीयको आयआर्जन तथा जीवनस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास मन्त्रालयका सचिव केशवकुमार शर्माले व्यक्त गरे।

    उद्घाटन कार्यक्रमपछि मन्त्री दाहाल र राजदूत श्रीवास्तवले पाँचथरको हेँवा खोलामा जडान गरिएको मोडुलर ब्रीजको पनि उद्घाटन गर्ने कार्यतालिका रहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend