२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • उपसभामुख रानाविरुद्ध कांग्रेस–एमाले एकजुट, पदमुक्त गर्न...

उपसभामुख रानाविरुद्ध कांग्रेस–एमाले एकजुट, पदमुक्त गर्न हस्ताक्षर संकलन सुरु

उपसभामुख रानाविरुद्ध कांग्रेस–एमाले एकजुट, पदमुक्त गर्न हस्ताक्षर संकलन सुरु

सहर्ष न्युज
मंगलवार, भाद्र ३ २०८२
सहर्ष न्युज
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ : संघीय संसदकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा (एमाले) एकै ठाउँमा उभिएका छन्। दुवै दलले उपसभामुखविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन्।

    यसका लागि कांग्रेस र एमाले सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ। दुवै दलका सांसदहरू हस्ताक्षरका लागि कार्यालयमा पुग्न थालेका छन्।

    उपसभामुख रानाविरुद्ध कारबाही गर्न कांग्रेस–एमाले नेतृत्वले रणनीतिक सहकार्य थालेको हो। सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको सहभागितामा बसेको छलफलमा उक्त सहमति बनेको स्रोतले जनाएको छ। छलफलमा महान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी थिए।

    बैठकमा सामाजिक सञ्जाल नियमनबारे सर्वोच्च अदालतको फैसलाका साथै उपसभामुख रानामाथिको अभियोग र त्यसको संवैधानिक तथा कानुनी प्रक्रियाबारे समेत विस्तृत छलफल भएको थियो।

    के हो आरोप ?

    उपसभामुख इन्दिरा रानाले अमेरिकी भिसाका लागि राजदूतावासमा आफ्नै पद र लेटरहेड प्रयोग गरी सिफारिस चिठी पठाएको आरोप लागेको छ। उक्त कार्य पदको दुरुपयोगको श्रेणीमा पर्ने भन्दै कांग्रेस र एमालेले उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाएका हुन्।

    अबको प्रक्रिया अनुसार संसदमा महाभियोग प्रस्ताव दर्ता भई आवश्यक समर्थन जुटेपछि उपसभामुख पदमुक्त हुनेछिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend