२०८३ श्रावण ११ गते सोमवार

images

सह–सचिब मध्यकै अब्बल भनेर चिनिने ज्ञवाली राष्ट्रिय योजना आयोगमा, भुमिका प्रशंसनीय हुने विश्वास

सह–सचिब मध्यकै अब्बल भनेर चिनिने ज्ञवाली राष्ट्रिय योजना आयोगमा, भुमिका प्रशंसनीय हुने विश्वास

सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
  • सहर्ष न्युज, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।

    नेपाल सरकारको सह–सचिब मध्यकै अब्बल भनेर चिनिने ज्ञवाली सह–सचिब भएयता ७ नम्बर प्रदेशको अर्थ सचिब, काठमाडौ महानगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत गृहमन्त्रालय, यातायात मन्त्रालय, नेपाल ट्रष्टको कार्यलय, महालेखा नियन्त्रकको कार्यालय हुँदै सामन्य प्रशासन मन्त्रालयको जगेडामा रहेका थिए । पेशाप्रति इमान्दार र वफादार ज्ञवालीलाई पछिल्लो समयमा राष्ट्रिय योजना आओगमा लत्याइएको हो । 


    अति सरल स्वभावका ज्ञवाली नीति नियममा अडिग भयर काम गर्ने सह–सचिवको रुपमा पनि उनी चिनिन्छन् । अनैतिक कार्यको विषयमा जो सुकै संग पनि खरो रुपमा प्रस्तुत हुने उनको स्वभावका कारण यसअघि उनलाई राम्रो ठाउँमा जिम्मेवारीबाट बञ्चित गरिदै आएको छ । 

    राष्ट्रिय योजना आयोगमा उनको पदस्थापना भएसँगै आयोगमा नीतिसंगत गर्नु पर्ने कार्यमा उनको भुमिका प्रशंसनीय हुने विश्वास गरिएको छ ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend