२०८३ भाद्र २७ गते शनिवार

images

अवैध रूपमा निर्माण गरिएका घर टहरामा काठमाडौं महानगरको डोजर चलेपछि तनाव, प्रहरीमाथि सुकुम्बासीको ढुंगामुढा

अवैध रूपमा निर्माण गरिएका घर टहरामा काठमाडौं महानगरको डोजर चलेपछि तनाव, प्रहरीमाथि सुकुम्बासीको ढुंगामुढा

सहर्ष न्युज
शुक्रवार, श्रावण ३१ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण ३१ २०८२
  • काठमाडौं : काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा अवैध रूपमा बनाइएको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीय आक्रोशित बनेका छन्। बुधबार बिहान डोजर पुगेसँगै स्थानीय सुकुम्बासीहरूले महानगरको नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।

    प्रहरीमाथि ढुंगामुढा मात्र होइन, डोजरमाथि समेत आक्रमण गरी क्षति पुर्‍याइएको महानगर प्रहरी स्रोतले जनाएको छ। आक्रमणका क्रममा डोजरमा तोडफोड भएको छ भने केही प्रहरी घाइते भएको प्रारम्भिक जानकारी छ।

    नयाँ संरचना हटाउने क्रममा झडप

    Sukumbasi Dojar 4.jpg

    महानगरको नगर प्रहरी टोली सुकुम्बासी बस्तीमा अवैध रूपमा नयाँ निर्माण गरिएका टहरा हटाउन डोजरसहित पुगेको थियो। यसक्रममा स्थानीयसँग विवाद बढ्दै जाँदा स्थिति तनावग्रस्त बनेको थियो।

    काठमाडौं महानगरपालिकाले गत साउन ८ गते सरकारी पत्र गोरखापत्रमार्फत सूचना जारी गर्दै निजी व्यक्तिको जग्गामा बनाइएका अवैध संरचना हटाउन ७ दिनको समय दिएको थियो। निर्धारित समयभित्र संरचना नहटाएपछि डोजर लगिएको हो।

    Sukumbasi Dojar 1.jpg

    अतिक्रमण र सुकुम्बासी समस्या: दीर्घकालीन समाधान खोजिएको छैन

    मनोहरा किनारलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षौंदेखि सुकुम्बासीहरू बसोबास गर्दै आएका छन्। तीमध्ये थुप्रै बस्ती सार्वजनिक वा व्यक्तिगत जमिनमा अवैध रूपमा बसेका छन्। बारम्बार हटाउने प्रयास भए पनि वैकल्पिक व्यवस्थाबिनै गरिएको हटाउने अभियानप्रति सुकुम्बासीको आक्रोश देखिँदै आएको छ।

    सुकुम्बासीहरू राज्यले पुनःस्थापना र वैकल्पिक बसोबासको व्यवस्था नगरी जबर्जस्ती हटाउने कार्यप्रति विरोध जनाउँदै आएका छन्। उनीहरूको भनाइ छ— “सडकमा ल्याएर छाड्ने अधिकार कसैलाई छैन।”

    Sukumbasi Dojar 2.jpg

    सुरक्षा चुनौती र तनावपूर्ण अवस्था

    सुकुम्बासी क्षेत्रमा झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीको बल समेत परिचालन गरिएको थियो। डोजर लगिएपछि उब्जिएको विवादले स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि थप सुरक्षा बल मगाइएको थियो।

    हाल अवस्था केही सामान्य भए पनि सुरक्षाकर्मीहरू तैनाथ छन्। महानगरले अबैध त्यस्ता ६ वटा भन्दा बढी घर टहरा त्काएको थियो । महानगरले भने अतिक्रमण हटाउने अभियान यथावत् जारी राख्ने जनाएको छ। 

    काठमाडौं उपत्यकामा फैलिँदै गइरहेको अवैध बस्ती, अतिक्रमण र सुकुम्बासीको समस्या दीर्घकालीन चुनौतीको रूपमा देखिएको छ। प्रशासनले कानुनको कार्यान्वयन गर्दै अतिक्रमण हटाउन खोजे पनि सामाजिक न्याय, मानव अधिकार र वैकल्पिक व्यवस्थाको सुनिश्चितता बिना यस्तो अभियानले तनाव र झडप निम्त्याउने सम्भावना बढ्दो छ।

    Sukumbasi Dojar.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend