काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्ने खोला आगामी पुस महिनादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि उपभोग शुल्क (टोल) तोक्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको सुरुङमार्ग सञ्चालनको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। निर्माण अवधि आगामी कात्तिकसम्म भए पनि ठेकेदार कम्पनीले दसैंभित्रै काम सक्ने दाबी गरेको छ।
सुरुङ सञ्चालनका लागि जिम्मेवार निकाय तोक्ने प्रक्रिया पूरा भएपछि सुरुङमार्ग सञ्चालनमा आउनेछ।
सरकारले तोकेको सुरुङमार्ग उपभोग शुल्क यस प्रकार छ:
-
कार/भ्यान:
-
काठमाडौं प्रवेश गर्दा: रु. ६५
-
काठमाडौंबाट बाहिरिँदा: रु. ६०
-
-
मिनीबस/मिनीट्रक:
-
काठमाडौं प्रवेश गर्दा: रु. ११५
-
काठमाडौंबाट बाहिरिँदा: रु. ८०
-
-
बस/ट्रक:
-
काठमाडौं प्रवेश गर्दा: रु. २६०
-
काठमाडौंबाट बाहिरिँदा: रु. २००
-
-
भारी उपकरणसहितका सवारी:
-
काठमाडौं प्रवेश गर्दा: रु. ६००
-
काठमाडौंबाट बाहिरिँदा: रु. २५०
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा पर्ने भएकाले यसले आवागमन सहज बनाउने, समय र इन्धन बचत गर्ने तथा ट्राफिक जाम कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
