२०८३ श्रावण १० गते आइतवार

images

ट्रंकलाइन प्रयोग गर्ने उद्योगको समर्थनमा उर्जा मन्त्री, भने– ‘उद्योगमा लाइन काट्नु भनेको घाँटी काट्नु सरह हो’

ट्रंकलाइन प्रयोग गर्ने उद्योगको समर्थनमा उर्जा मन्त्री, भने– ‘उद्योगमा लाइन काट्नु भनेको घाँटी काट्नु सरह हो’

सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गर्ने उद्योगीको समर्थनमा खुलेका छन् ।

    शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको ‘घाँटी काट्नुसरह’ भएको बताएका छन् ।

    ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णायमा पुगेर लाइन काटेको आरोप लगाए ।

    ‘कसैले विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्छ। त्यसको मूल्य निर्धारण भएको छ। तर तिर्नुपर्ने भनिएको कुरा न्यायोचित छ कि छैन यसमा राज्यले ध्यान दिन जरूरी छ,’ उनले भने।

    त्यसैगरी, अन्य काम गर्दा पनि प्राधिकरणले तालमेल मिलाएर गर्न नसकेको उनले बताए।

    तालमेल मिलाएर काम गर्न नसक्दा बनिसकेका आयोजनाको बिजुली खेर गइरहेको उनले बताए।

    ‘उत्पादन बढाइराखेका छौं भने उपभोग गर्नेलाई सहुलियत दिनुपर्छ। ट्रान्समिसन लाइन विस्तारमा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend