२०८३ श्रावण ११ गते सोमवार

images

सुन तोलामा दुई लाख नजिक, मूल्यले ऐतिहासिक रेकर्ड कामय राख्यो

सुन तोलामा दुई लाख नजिक, मूल्यले ऐतिहासिक रेकर्ड कामय राख्यो

सहर्ष न्युज
शुक्रवार, श्रावण २४ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण २४ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कामय राख्दै  नयाँ कीर्तिमान  कायम गरेको छ । शुक्रबार तोलाको मूल्य एक हजार रुपैयाँले बढ्दै इतिहासकै सर्वाधिक दरमा, अर्थात् एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला १,९८,५०० रुपैयाँ पुगेर उच्च विन्दुमा पुगेको थियो। तर शुक्रबारको मूल्यवृद्धिले त्यो रेकर्ड भंग गर्दै सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य वृद्धि हुनु, डलरको भाउमा भएको उतारचढाव, र स्थानीय बजारमा माग आपूर्तिको अवस्था मूल्य वृद्धिका प्रमुख कारण हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend