२०८३ भाद्र २७ गते शनिवार

images

महेश बस्नेतको प्रश्न : "रवि निर्दोष हुन् भने बिगो किन तिर्ने ?"

महेश बस्नेतको प्रश्न : "रवि निर्दोष हुन् भने बिगो किन तिर्ने ?"

सहर्ष न्युज
शुक्रवार, श्रावण २४ २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण २४ २०८२
  • काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति प्रश्न उठाएका छन्।

    बस्नेतले रविले अदालतमा २ करोड ७४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर थुनामुक्तिको माग गरेकोप्रति प्रतिक्रिया जनाउँदै, "यदि निर्दोष नै हुनुहुन्छ भने बिगो किन तिर्ने?" भन्ने जिज्ञासा सार्वजनिक रूपमा उठाएका हुन्।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै बस्नेतले लेखेका छन्, “निर्दोष भएको दाबी गर्ने रविजीले कुल बिगो बराबरको २ करोड ७४ लाख रुपैयाँको ‘नमागिएको’ बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेका छन्। अब यथार्थमा प्रश्न उठ्छ – यदि तपाईं निर्दोष हो भने यो बिगो किन तिर्ने?”

    उनले थप प्रश्न उठाउँदै भनेका छन्, “र यदि दोष स्वीकार गरिएको हो भने, पीडितहरूलाई महिनौँसम्म अन्यायमा पारी सर्वोच्चसम्म पुनरावेदन गर्नु र 'प्रतिशोध' को नाममा हस्ताक्षर सङ्कलनको नाटक किन गर्नुपर्‍यो?”

    रास्वपा सभापति लामिछाने हाल सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा छन्। उनले बिगो बराबरको बैंक ग्यारेन्टी बुझाएर थुनाबाहिरैबाट मुद्दा लड्न पाउने व्यवस्था माग गर्दै अदालतमा निवेदन दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend