२०८३ भाद्र २८ गते आइतवार

images

भारत भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

भारत भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

सहर्ष न्युज
बिहिवार, श्रावण २३ २०८२
सहर्ष न्युज
बिहिवार, श्रावण २३ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीसँगै भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको नेपाल भ्रमण भदौको पहिलो सातामा तय भएको छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक भ्रमणको निम्तो दिन मिस्री नेपाल आउन लागेका हुन्। उच्च स्रोतका अनुसार मिस्रीको आगमन आगामी भदौ अन्तिम साता हुने ओलीको भारत भ्रमणसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मिस्रीको भ्रमण तय भएको पुष्टि गर्दै विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।

    प्रधानमन्त्रीमा नियुक्त भएको करिब एक वर्षपछि मात्र ओलीलाई भारत भ्रमणको निम्तो आएको हो। यसअघि ओलीको नेतृत्वप्रति भारत असन्तुष्ट देखिएको चर्चा हुने गरेको थियो।

    हालको संकेत अनुसार, प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत जाने तयारीमा छन्, तर भ्रमणको आधिकारिक मिति भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend