२०८३ भाद्र २८ गते आइतवार

images

खेतमा पानी लगाउँदा करेन्ट लागेर महिलाको मृत्यु

खेतमा पानी लगाउँदा करेन्ट लागेर महिलाको मृत्यु

सहर्ष न्युज
बुधवार, श्रावण २२ २०८२
सहर्ष न्युज
बुधवार, श्रावण २२ २०८२
  • झापा : झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।  

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। 

    मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए। घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।  

    यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend