२०८३ श्रावण ११ गते सोमवार

images

कथाबाचकलाई पक्रिन पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि स्थिति तनावग्रस्त

कथाबाचकलाई पक्रिन पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि स्थिति तनावग्रस्त

सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।

    आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । फेसबुक लाइभमा आउनुभएका उहाँ विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिनुभएको छ ।

    कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेको देखिन्छ । उहाँहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरिरहनुभएको छ ।

    काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उहाँका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताउनुभयो । प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend