२०८३ श्रावण ११ गते सोमवार

images

'नक्कली आधार कार्ड र राहदानी बनाएर' भारत हुँदै नेपाली युवतीहरूको तस्करी भएको दाबी

'नक्कली आधार कार्ड र राहदानी बनाएर' भारत हुँदै नेपाली युवतीहरूको तस्करी भएको दाबी

सहर्ष न्युज
मंगलवार, श्रावण २१ २०८२
सहर्ष न्युज
मंगलवार, श्रावण २१ २०८२
  • काठमाडौं । मानवतस्करीको आरोपमा भारतको सशस्त्र सीमा बल (एसएसबी)ले पूर्वी नेपालसँग जोडिएको पानीट्याङ्की नाकाबाट दुई जनालाई पक्राउ गरेसँगै उक्त प्रयोजनका लागि जाली भारतीय कागजपत्र बनाइने गरेको तथ्य खुलेको अधिकारीहरूले बताएका छन्।

    भारतको सशस्त्र सीमा बलले आइतवार सामाजिक सञ्जाल 'एक्स'मार्फत् विशेष गुप्तचर विवरणका आधारमा आफ्नो एउटा टोलीले एक नाबालिगसहित सात जनाको उद्धार गरेको जनाएको थियो।

    घटनास्थलबाट पक्राउ गरिएका एक भारतीय र एक नेपाली नागरिकहरूलाई थप कारबाहीका लागि पश्चिम बङ्गाल प्रहरीलाई बुझाएको उसको भनाइ छ।

    नेपाली अधिकारीहरूले पीडित भनिएका महिला र मानवतस्करीमा संलग्न भएको आरोप लागेका नेपाली व्यक्ति दुवै पूर्वी नेपालको सङ्खुवासभा जिल्लाका बासिन्दा भएको भन्दै भारतीय प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरेपछि नेपाल फर्काएर ती महिलाहरूलाई थप सोधपुछ गरिने जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend