२०८३ भाद्र २८ गते आइतवार

images

जलस्रोत तथा सिंचाई विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले गरे पदवहाली, परिणाम देखाउने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन

जलस्रोत तथा सिंचाई विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले गरे पदवहाली, परिणाम देखाउने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन

सहर्ष न्युज
आइतवार, श्रावण १९ २०८२
सहर्ष न्युज
आइतवार, श्रावण १९ २०८२
  • ई–आर्थिक, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले पद बहाली गरेका छन् । ३० औं महानिर्देशकका रुपमा उनले आज विभागमा पद बहाली गरेका हुन् ।

    नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इन्जिनियरको रुपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिंचाई विभागमा २०५१ देखि सेवा सुरु गरेका थिए । विभाग मातहातका ठूला–ठूला सिंचाई आयोजनामा कामको अनुभव बटुलिसकेको उनलाई जलस्रोत तथा सिंचाई क्षेत्रका अनुभवी र विज्ञको रुपमा चिनिन्छन् । उनले यो क्षेत्रमा ३१ बर्ष बढीको अनुभव संगालेका छन् ।

    पद बहाली गर्नु अघि सिंचाई तथा जलस्रोत विभागमा नवनियुक्त महानर्दिेशक बराल र नायब महानिर्देशक दिनेश रजौरियालाई विभागमा औपचारिक स्वागत तथा निवर्तमान महानिर्देशक सञ्जीब बराललाई विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।

    स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । ‘हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौं, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी प्रोजेक्टलाई छिटो सम्पन्न गर्ने हामीसँग एडभान्स टेक्नोलोजी छ ।’ महानिर्देशक बरालले भने– ‘यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।’

    विभागको लक्ष्य पुरा गर्न र मातहातका आयोजना समयमै सम्पन्न गर्दै परिणाम देखिने गरी काम गर्न मन्त्रालयको स्पष्ट निर्देशन र अपेक्षा रहेको सुनाउँदै उनले त्यसलाई पूर्णता दिन तल्लो तहका कर्मचारीदेखि उच्च पदमा रहेर काम गर्ने कर्मचारीहरु समेत जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे । ‘टिम इफोर्ट’ विना कुनै पनि काम सफल नहुने भन्दै उनले टिमको स्प्रिटमै रहेर सबैले अहोरात्र खटिनु पर्नेमा जोड दिए ।

    Sichain Bibhag DG DDG Photo  (7).JPG
    undefined

    आफ्नो कार्यकालमा देशभरका थुप्रै आयोजनामा गरेका अनुभव र जिम्मेवारीको महत्व प्रकाश पार्दै उनले उपत्यका बाहिर जिम्मेवारी लिएर जाँदा आफू ९ बर्षमा काठमाडौं आएर विभागमा पाइला टेकेको अनुभव सुनाए ।

    हामी अहिले आर्थिक बर्षको सुरुवातमा भएकाले ‘टिम स्प्रिट’ मिलाएर काम गर्दा असंभव केही नहुने भन्दै महानिर्देशक बरालले यसरी काम गर्दा विभागको उद्देश्य अनि लक्ष्य पनि पुरा हुने र परिणाम देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन र अपेक्षालाई पुरा गर्न सकिने बताए ।

    आर्थिक बर्ष सुरुवाती महिनाको आधा समय गुज्रदा समेत विभाग मातहतका आयोजनाका दुईवटा मात्रै टेण्डर आएको भन्दै हामी सर्वसम्पन्न भइसकेपछि अडकलेर काम नगर्न कर्मचारीहरुलाई अनुरोध गरे ।

    राष्ट्रिय गौरबका आयोजनालाई सधैभरी ‘आयोजनामै मात्रै सिमित’ नराखि त्यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादनमा उनको जोड थियो ।

    त्यसैगरी तराईमा सिंचाई अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै महानिर्देशक बरालले तराईमा सिंचाईको समस्यालाई फास्ट ट्र्याक र दीर्घकालिन गरी दुई चरणमा काम गर्न सकिने बताए ।

    विभागमा ६०१ जनाको दरबन्दि रहेको भन्दै उनले विभागका उद्देश्य र लक्ष्य पुरा गर्न सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे ।

    एकिकृत जलश्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलीत, स्थिर तथा दिगो आर्थिक विकास हासिल गर्ने र दिगो एवं भरपर्दो संरचनागत तथा गैर संरचनागत प्रविधि र जनचेतना अभिवृद्धि लगायतका कार्यहरु गरी जलाधार व्यवस्थापन तथा जल उत्पन्न प्रकोप न्युनीकरण एवं व्यवस्थापनबाट आर्थिक सामाजिक हानि नोक्सानी न्यूनीकरण गर्ने विभागको लक्ष्य सुनाउँदै उनले जलश्रोत तथा सिंचाइ संरचनाहरुको उचित विकास, मर्मत संभार तथा व्यवस्थापन गरी कृषियोग्य भुमिमा बर्षै भरी दिगो एवं भरपर्दाे सिंचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पु¥याउने दायित्व विभागको रहेको बताए ।

    कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीब बरालले विभागले सिंचाई बुझेको नयाँ महानिर्देशक पाएकोमा खुशी व्यक्त गरे । विभागबाट विदाई हुँदै गर्दा समेत निवर्तमान महानिर्देशक बरालले अब कुनै पनि आयोजनालाई बजेटलगायत कुनै पनि अभाव देखाएर कामबाट उम्कने छुट नभएको सुनाए । आफ्नो कार्यकालमा पनि त्यही स्प्रिटका साथ काम गरे गराएको उनको भनाई थियो । आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति उनेले आभार प्रकट गरे ।

    स्वागत तथा विदाई कार्यक्रममा विभागका उपमहानिर्देशक सन्तोष कैनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विभागका मूख्य प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले गरेका थिए ।
    कार्यक्रममा सह–सचिवहरु, आयोजना प्रमुखहरु, उच्च पदस्थ कर्मचारीहरुलगायत उल्लेख्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend