२०८३ श्रावण ११ गते सोमवार

images
  • सिंचाई
  • रानी जमरा सिँचाइ आयोजनाको तेस्रो चरणका...

रानी जमरा सिँचाइ आयोजनाको तेस्रो चरणका लागि १८ अर्ब ९२ करोड ऋण सहायता स्वीकार, मन्त्रिपरिषद्को १८ निर्णय सार्वजनिक

रानी जमरा सिँचाइ आयोजनाको तेस्रो चरणका लागि १८ अर्ब ९२ करोड ऋण सहायता स्वीकार, मन्त्रिपरिषद्को १८ निर्णय सार्वजनिक

सहर्ष न्युज
बिहिवार, श्रावण १६ २०८२
सहर्ष न्युज
बिहिवार, श्रावण १६ २०८२
  • काठमाडौं — सरकारले रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि १८ अर्ब ९२ करोड रुपैयाँ बराबरको ऋण सहायता स्वीकार गरेको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू बुधबार सार्वजनिक गरिएका हुन्।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

    प्रमुख निर्णयहरू यसप्रकार छन्:

    🔹 रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड रुपैयाँको सहुलीयतपूर्ण ऋण सहायता स्वीकार गरिएको छ।

    🔹 सिन्धुली सडक पुनःस्थापनाका लागि जापान सरकारले प्रदान गर्न लागेको २.८ अर्ब जापानी येन (करिब २ अर्ब ५५ करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय भएको छ। यो सहायता बाढीबाट क्षतिग्रस्त सडक मर्मतका लागि उपयोग हुनेछ।

    🔹 सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई मुख्य रजिष्टारमा बढुवा गर्ने निर्णय।

    🔹 नेपाल इन्जिनियरिङ परिषद्को रजिष्टारमा ध्रुवराज भट्टराई (तनहुँ) लाई नियुक्त

    🔹 भक्तपुर क्यानसर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा डा. उज्ज्वल चालिसे (कास्की) लाई नियुक्त।

    सेवा सुविधा एकरुपता सम्बन्धी कार्यदल गठन

    मन्त्रिपरिषद्ले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानमा कार्यरत पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता ल्याउने सिफारिस तयार गर्न कार्यदल गठन गरेको छ।

    🔸 कार्यदलका संयोजक: रामप्रसाद डोटेल
    🔸 सदस्यहरू: रमेशप्रसाद शिवाकोटीचण्डीप्रसाद घिमिरे

    यस्ता छन् अन्य निर्णयहरु

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend