२०८३ श्रावण ११ गते सोमवार

images

नागढुङ्गाबाट ट्रामाडोलसहित दुई युवा पक्राउ, १५ हजार क्याप्सुल र नगद बरामद

नागढुङ्गाबाट ट्रामाडोलसहित दुई युवा पक्राउ, १५ हजार क्याप्सुल र नगद बरामद

सहर्ष न्युज
बिहिवार, श्रावण १६ २०८२
सहर्ष न्युज
बिहिवार, श्रावण १६ २०८२
  • काठमाडौं — काठमाडौं प्रवेशद्वार नागढुङ्गाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित दुई युवक पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट करिब १५ हजार ट्रामाडोल क्याप्सुल र नगद ६० हजार रुपैयाँ बरामद गरेको छ।

    लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज बिहान करिब १ बजे पिप्लामोड नजिकै चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा पर्सा जिल्लाको बिन्दवासिनी नगरपालिका–५ निवासी २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बुका १८ वर्षीय नर्बु शेर्पा रहेका छन्। उनीहरू दुई वटा सवारीसाधनमार्फत काठमाडौं प्रवेश गर्ने क्रममा ट्रामाडोलसहित पक्राउ परेका हुन्।

    सवारी विवरण:

    • मोटरसाइकल: बा.प्र ०२–०५७ प १५१५

    • स्कुटर: बा.७२ प ६६२७

    प्रहरीका अनुसार, चेकजाँचका क्रममा उनीहरूसंग झोलामा लुकाएर राखिएको १४,७६० क्याप्सुल ट्रामाडोल फेला परेको हो। साथै, उनीहरूको साथबाट रुपैयाँ ६०,००० नगद पनि बरामद गरिएको छ।

    हाल उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ। प्रहरीले पछिल्लो समय लागुऔषध ओसारपसारका घटना बढ्दै गएको भन्दै राजधानी छिर्ने नाकाहरूमा निगरानी कडाइका साथ अघि बढाइएको जानकारी दिएको छ।

     ट्रामाडोल के हो ?
    ट्रामाडोल एक शक्तिशाली पेनकिलर हो, जसलाई चिकित्सकको सिफारिसबिना प्रयोग गर्न प्रतिबन्ध छ। यसको अत्यधिक प्रयोगले मानसिक र शारीरिक लत निम्त्याउने खतरा हुन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend