२०८३ भाद्र २८ गते आइतवार

images

दुई संसदीय समितिमा सर्वसम्मत, एमालेबाट गैरे र काँग्रेसबाट  न्यौपाने सभापतिमा चयन

दुई संसदीय समितिमा सर्वसम्मत, एमालेबाट गैरे र काँग्रेसबाट  न्यौपाने सभापतिमा चयन

सहर्ष न्युज
बिहिवार, श्रावण ३१ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण ३१ २०८१
  • ई–आर्थिक, काठमाडौं ।  संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमाले सांसद ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत चयन भए ।

    उनीहरुलाई बिहीबार नै सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गरे ।

    शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा नवनिर्वाचित सभापतिहरुले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend