२०८३ श्रावण १० गते आइतवार

images

रुसमा ८.८ म्याग्निट्यूडको भूकम्प, सुनामी आउने चेतावनी

रुसमा ८.८ म्याग्निट्यूडको भूकम्प, सुनामी आउने चेतावनी

बुधवार, श्रावण १५ २०८२
बुधवार, श्रावण १५ २०८२
  • काठमाडौँ । रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ ।

    अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो ।

    बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ । त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ ।यता, जापानको स्थानीय समाचारसंस्था एनएचकेले जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामीको लहर बज्रिएको जनाएको छ । सुनामी पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको एनएचकेका उल्लेख छ ।

    जापानी अधिकारीहरूले अब आउने लहरहरू अझ बढी उचाइको हुने बताएका छन् ।

    रुसको भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ ।

    विगत १० दिनमा सोही क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो ।  जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प गएको तथ्याङ्क छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend