२०८३ श्रावण ११ गते सोमवार

images

अविरल वर्षाले देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध, अन्य केही सडक एकतर्फी सञ्चालनमा

अविरल वर्षाले देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध, अन्य केही सडक एकतर्फी सञ्चालनमा

सहर्ष न्युज
सोमवार, श्रावण १३ २०८२
सहर्ष न्युज
सोमवार, श्रावण १३ २०८२
  • काठमाडौं : लगातार परेको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार हालसम्म मुलुकका ८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही सडकहरू एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

    पूर्णरूपमा अवरुद्ध रहेका राजमार्गहरू:

    • कोशी राजमार्ग — सङ्खुवासभाको भोटखोला गाउँपालिका

    • नेपाल–चीन नाका जोड्ने पुल — रसुवाको गोसाइँकुण्ड गाउँपालिका

    • पासाङ ल्हामु राजमार्ग — रसुवा

    • अरनिको राजमार्ग — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका

    • मध्यपहाडी राजमार्ग — नुवाकोटको शिवपुरी गाउँपालिका

    • जाजरकोट–डोल्पा भेरी करिडोर — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका

    • कर्णाली करिडोर — हुम्लाको सिमकोट गाउँपालिका

    • मध्यपहाडी राजमार्ग — जाजरकोटको छेडगाड नगरपालिका

    एकतर्फी सञ्चालनमा रहेका सडकहरू:

    • टोखा–नुवाकोट सडकखण्ड — काठमाडौं

    • कालिगण्डकी करिडोर — बाग्लुङ नगरपालिकामा

    • कालिगण्डकी करिडोर — नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका

    • बेनी–जोमसोम सडक — मुस्ताङको थासाङ गाउँपालिका

    • सहिद राजमार्ग — रोल्पाको परिवर्तन गाउँपालिका

    प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्दै अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायलाई सक्रिय बनाइएको जनाएको छ। निरन्तर वर्षा अझै जारी रहेकोले थप क्षति र जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend