२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • हनी ट्रयापमा पारेर १४ लाख असुलेको...

हनी ट्रयापमा पारेर १४ लाख असुलेको आरोपमा एक महिला पक्राउ

हनी ट्रयापमा पारेर १४ लाख असुलेको आरोपमा एक महिला पक्राउ

बुधवार, श्रावण ८ २०८२
बुधवार, श्रावण ८ २०८२
  • काठमाडौं । हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।
    चन्दले एक युकलाई २०८१ को भदौमा सुर्खेतकै बुलबुले होटलमा बोलाई सम्बन्ध राखेको र त्यसैलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोप छ । बलात्कार मुद्दामा फसाउन भन्दै उनदे पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोप छ ।

    उनीमाथि आपराधिक एक्सटर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    ओ केबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend