२०८३ भाद्र २७ गते शनिवार

images

भच्चेक अस्पताल र प्रदेश अस्पताल बेसीशहरबीच टेलिमेडिसिन सेवा सञ्चालन गर्न संझौता, स्थानीयले विशेषज्ञ सेवा पाउने

भच्चेक अस्पताल र प्रदेश अस्पताल बेसीशहरबीच टेलिमेडिसिन सेवा सञ्चालन गर्न संझौता, स्थानीयले विशेषज्ञ सेवा पाउने

सहर्ष न्युज
बुधवार, श्रावण ८ २०८२
सहर्ष न्युज
बुधवार, श्रावण ८ २०८२
  • सुष्मा सापकोटा, गोरखा : गोरखाको अजिरकोट गाउँपालिका अन्तर्गत वडा नं. ३ मा रहेको भच्चेक आधारभूत अस्पताल र लमजुङ प्रदेश अस्पताल बेसीशहर, गण्डकी प्रदेशबीच बिशेषज्ञ स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन सेवा सञ्चालनका लागि संझौता सम्पन्न भएको छ ।  

    ५ वेडको भच्चेक अस्पतालमा टेलिमेडिसिन सेवा दिन उक्त संझौता सम्पन्न सम्पन्न भएको हो ।

    उक्त संझौतामा प्रदेश अस्पताल बेसीशहर, लमजुङका सुपरिटेन्डेन्ड डा. शिशिर देवकोटा र भच्चेक आधारभुत अस्पतालका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले हस्ताक्षर गरेका थिए । 

    Ajirkot MoU 1.jpg
    undefined

    प्रदेश अस्पताल बेसीशहर लमजुङका अध्यक्ष हरिजंग तामाङ र अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाको रोहवरमा उक्त संझौता सम्पन्न भएको हो । 

    एक बर्षको लागि संझौता भएको उक्त टेलिमेडिसिन सेवाले स्थानीहरुले थप स्वास्थ्य सेवाको लाभ लिन सक्नेछन् । स्थानीय भच्चेक अस्पतालबाट पनि विशेषज्ञ सेवा लिन सकिने भएपछि अजिरकोट लगायत आसपासका सर्वसाधारण उत्साहित भएका छन् ।

    स्मरणीय त के छ भने भच्चेक अस्पताल उक्त प्रदेशको उत्कृष्ट अस्पताल मध्येको एकमा पर्छ । अस्पतालले यसअघि उत्कृष्टत अस्पतालबाट सम्मानित समेत भइसकेको छ ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend