काठमाडौं । बाङ्ग्लादेशमा सोमवार अपराह्ण राजधानी ढाकामा भएको वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुने मानिसको सङ्ख्या २७ पुगेको बीबीसी बाङ्ग्लाले जनाएको छ।
वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उड्नासाथ विमानमा प्राविधिक त्रुटि उत्पन्न भएको सेनाले जनाएको छ।
उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १७० जनाभन्दा बढी घाइते भएका छन्।
बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सल्लाहकारले मृतकको सङ्ख्या बढेको मङ्गलवार बिहान पुष्टि गरेका हुन्।
