२०८३ श्रावण १२ गते मंगलवार

images

डाना कप खेल्न काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली डेनमार्क प्रस्थान

डाना कप खेल्न काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली डेनमार्क प्रस्थान

सहर्ष न्युज
आइतवार, श्रावण ५ २०८२
सहर्ष न्युज
आइतवार, श्रावण ५ २०८२
  • काठमाडौं । डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली शनिबार डेनमार्क प्रस्थान गरेको छ  । 

    उक्त युवा फुटबल प्रतियोगितामा काष्ठमण्डपले यू–१४ र लुम्बिनीले यू–१६ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ । २० खेलाडी र तीन अफिसियल गरी टोली २३ सदस्यीय छ । काष्ठमण्डपको प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । लुम्बिनीको प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हालेका छन् ।

    युरोपियन फुटबल महासंघको मान्यताप्राप्त डाना कपमा यसपालि ७० भन्दा बढी देशका १ हजार बढी युवा खेलाडीले भाग लिने जनाइएको छ ।

    डाना कप सन् १९८२ देखि सुरु भएको युवा फुटबल प्रतियोगिता हो ।

    123.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend