२०८३ भाद्र २८ गते आइतवार

images

विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल बन्द

विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल बन्द

सहर्ष न्युज
सोमवार, आषाढ ३० २०८२
सहर्ष न्युज
सोमवार, आषाढ ३० २०८२
  • लन्डन : सानो विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

    साउथेन्ड-अन-सीमा १२ मिटर लामो विमानमा आइतबार आगलागी भएको बीबीसीले समाचारमा जनाएको छ ।

    दुर्घटनामा अहिलेसम्म कुनै हताहत भएको पुष्टि भएको छैन ।

    विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने र यात्रुलाई यसबारे थप जानकारी गराइने जनाएको छ ।

    उनीहरूले सोमबार यात्रा गर्ने योजना बनाइरहेका मानिसहरूलाई आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिएका छन् ।

    डच कम्पनी ज्युस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान भएको पुष्टि गरेको छ ।

    कम्पनीले अनुसन्धानमा आफूहरुले पूर्ण सहयोग गरिरहेको जनाएको छ । ‘घटनाबाट प्रभावित सबैप्रति हाम्रो समवेदना छ,’ कम्पनीले भनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend