२०८३ भाद्र २७ गते शनिवार

images

सुनसरीमा गोली प्रहार गरी १८ वर्षीया किशोरीको हत्या

सुनसरीमा गोली प्रहार गरी १८ वर्षीया किशोरीको हत्या

सहर्ष न्युज
सोमवार, आषाढ ३० २०८२
सहर्ष न्युज
सोमवार, आषाढ ३० २०८२
  • इनरुवा । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो ।

    खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार गफारको छोरी अरसिको घटनास्थलमै मृत्यु भएको र गोली प्रहार गर्नेको भिनाजु जट तत्काल फरार रहेको छ ।

    घटनाको खबर प्राप्त हुना साथ तत्काल प्रचौ घुस्कीहाटबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटाएको र थप बुझ्ने कार्य भइरहेको खतिवडाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि सिडिओ अधिकृतसहितको प्रहरी टोली खटिएको छ । साथै गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ ।

    घटनास्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला परेको छ भने पोष्टमार्टमका लागि शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend