२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • काठमाडौं महानगरले आज २५ अर्ब बराबरको...

काठमाडौं महानगरले आज २५ अर्ब बराबरको बजेट ल्याउँदै

काठमाडौं महानगरले आज २५ अर्ब बराबरको बजेट ल्याउँदै

आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने भएको छ ।

    मेयर बालेन्द्र शाह (बालेन)ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए ।

    गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

    राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।

    संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

    ओ के बाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend