२०८३ भाद्र २८ गते आइतवार

images

दुई क्विन्टल बढी गाँजासहित २३ वर्षीय युवक पक्राउ

दुई क्विन्टल बढी गाँजासहित २३ वर्षीय युवक पक्राउ

सहर्ष न्युज
आइतवार, आषाढ २९ २०८२
सहर्ष न्युज
आइतवार, आषाढ २९ २०८२
  • लहान । सिरहाको औरही गाउँपालिका–५, मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

    उनलाई शुक्रबार (असार २८) राति विशेष सूचनाका आधारमा लागूऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

    सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सात वटा पोकामा राखिएको २१२ किलो ९२५ ग्राम गाँजा फेला पारेको थियो।

    प्रहरीलाई देख्नासाथ घटना स्थलबाट गाडीसहित अन्य केही व्यक्ति भने फरार भएका थिए। फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend