२०८३ श्रावण ११ गते सोमवार

images

सडक–नालीका समस्या सुनाउँछन्, सांसद बन्नुमा ‘मज्जा’ छैन : कङ्गना

सडक–नालीका समस्या सुनाउँछन्, सांसद बन्नुमा ‘मज्जा’ छैन : कङ्गना

सहर्ष न्युज
बिहिवार, आषाढ २६ २०८२
सहर्ष न्युज
बिहिवार, आषाढ २६ २०८२
  •  

    काठमाडौं । चर्चित भारतीय अभिनेत्री कंगना रनौत  भारतको मन्डीबाट सांसदको प्रतिनिधित्व गर्छिन्। विभिन्न चर्चित भारतीय सिनेमामा  अभिनय गरेकी  कङ्गनाले सांसद बन्नु सोचेजस्तो रमाइलो नरहेको  सुनाइन्। कङ्गनाले एक युट्युब च्यानलको पोडकास्टको दौरान आफ्नो राजनीतिक करिअरबारे कुराकानीको क्रममा यो धारणा राखेकी हुन्।  जब उनीसँग सोधियो कि ‘के तपाईँलाई राजनीतिमा रमाइलो लागिरहेको छ?,’ उनले भनिन्, ‘मलाई यसको समझ आउँदै छ। म भन्न सक्दिनँ कि मलाई यसमा मजा आइरहेको छ। यो एकदमै फरक प्रकारको काम हो, समाज सेवाजस्तै। तर यो मेरो पृष्ठभूमि होइन। मैले कहिल्यै मानिसहरूको सेवा गर्नेबारे सोचेकै थिइनँ।’

     विभिन्न पटक महिला अधिकारको विषयमा आवाज उठाउँदै आएकी यी अभिनेत्रीले अहिले सडक र नालीको समस्याको विषयमा कुरा आउँदा केही अप्ठेरो लागेको बताइन् । ‘हो, मैले महिलाको अधिकारका लागि लडाइँ लडेकी छु, तर त्यो फरक कुरा हो,’ उनले भनिन्, ‘अहिले त मानिसहरू सडक र नालीको समस्या लिएर मेरोमा आउँछन्।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend