२०८३ भाद्र २७ गते शनिवार

images

धनुषामा तस्कर र सशस्त्र प्रहरीबिच भीडन्त : ६ प्रहरी घाइते, चार राउन्ड हवाई फायर

धनुषामा तस्कर र सशस्त्र प्रहरीबिच भीडन्त : ६ प्रहरी घाइते, चार राउन्ड हवाई फायर

सहर्ष न्युज
शुक्रवार, आषाढ २० २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ २० २०८२
  • जनकपुर । धनुषाको सीमावर्ती क्षेत्रमा तस्करसँग झडप हुँदा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । भारतसँग जोडिएको बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्तमा परी छ सशस्त्र प्रहरी घाइते भएका हुन् । तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको थियो

    बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मालगायत ६ जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काले तस्कर समूहले लुकाइ राखेको तस्करी सामग्री नियन्त्रणमा लिने प्रयास गर्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको जानकारी दिनुभयो । सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र चार राउन्ड गोली हवाई फायर गरिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार तस्कर समूहले भारतीय भूभागतर्फबाट प्रवेश गरी सामग्री ल्याउने प्रयास गरिरहेका थिए । तिनै सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो । भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन् ।

    घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend