२०८३ भाद्र २८ गते आइतवार

images

केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’ को टिजर सार्वजनिक

केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’ को टिजर सार्वजनिक

सहर्ष न्युज
बुधवार, आषाढ १८ २०८२
सहर्ष न्युज
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे पूरा रमाइलो गराउने वाचासहित हलमा आउने भएका छन्। उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सार्वजनिक टिजरले यस्तै संकेत गरेको छ। केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ।

    केदार घिमिरेका भिन्न स्वरूप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ। विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रूपमा परिचित छ। पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन्। टिजरले दुवैको भूमिकाबारे भने उति धेरै खुलाएको छैन।

    केदार घिमिरेलाई पोस्टर मार्फत् नै भिन्न स्वरूपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरूपमा प्रस्तुत गरेको छ। ‘माग्ने राजा’ मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन्।

    आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्।

    सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन्। आउँदाे भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend