२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • आइएमई लाइफको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कनमा सीइओ...

आइएमई लाइफको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कनमा सीइओ फुयाँल, दोस्रो कार्यकालका लागि पनि निरन्तरता

आइएमई लाइफको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कनमा सीइओ फुयाँल, दोस्रो कार्यकालका लागि पनि निरन्तरता

सहर्ष न्युज
सोमवार, श्रावण २८ २०८१
सहर्ष न्युज
सोमवार, श्रावण २८ २०८१
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः कवि फुयाँल नियुक्त भएका छन् ।

    २०७७ सालयता कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँललाई उनको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिएको हो ।

    गत श्रावण १४ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँलको पुनः नियुक्तिको निर्णय गर्दै स्वीकृतिका लागि वीमा प्राधिकरण पठाएकोमा श्रावण २८ गते प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।

    वीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् । उनकै कार्यकालमा कम्पनीले आइपीओ जारी गर्दै एक अर्व ४० करोड रुपैयाँ रहेको पूँजी बृद्धि गरी हाल पाँच अर्ब पुगेको छ । यस्तै कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि ठूलो फडको मारेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend