२०८३ भाद्र २७ गते शनिवार

images

नयाँगाउँ माध्यमिक विद्यालयद्वारा चार जिपिए ल्याएका विद्यार्थीलाई जनही ५१ हजारसहित सम्मान

नयाँगाउँ माध्यमिक विद्यालयद्वारा चार जिपिए ल्याएका विद्यार्थीलाई जनही ५१ हजारसहित सम्मान

सहर्ष न्युज
सोमवार, आषाढ १६ २०८२
सहर्ष न्युज
सोमवार, आषाढ १६ २०८२
  • सिद्धार्थनगर । बुटवल १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपियाँसहित सम्मान गरेको छ ।

    विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई सम्मान गरेको हो ।

    विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले खुशीयाली साट्दै विद्यालय परिसरदेखि नयाँगाउँ, बेल्बास र ढवाहक्षेत्रमा परिक्रमा गराइएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताउनुभयो ।

    बुटवल पश्चिमको विद्यालयले चार जिीपिए ल्याएकोमा सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको बताउँदै यसमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

    उहाँले नयाँगाउँ शिक्षाको हवका रुपमा विकास हुँदै गएको समेत बताउनुभयो । उहाँका अनुसार विगत तीन वर्षयता विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चार जीपीएका साथ एसइई उतीर्ण गरिहरेका छन् ।

    सम्मान कार्यक्रममा विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, सल्लाकार डिआर घिमिरे लगायतले बोल्नुहुँदै गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभया । विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा दिन थालेपछि नयाँगाउँ क्षेत्रका अभिभावकहरुले त्यही अध्ययन गराउन थालेको सहायक प्रधानाध्यापक बिष्णु प्रसाद काफ्लेले बताउनुभयो । कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन हुने माविमा १५ सय विद्यार्थी अध्ययनरत रहेको शिक्षक रामप्रसाद बन्जाडेले जानकारी दिनुभयो । यो वर्ष १५८ विद्यार्थीले परीक्षा दिएको विद्यालयका प्रशासन शाखाका प्रकाश भट्टराईले जानकारी दिनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend