२०८३ श्रावण ११ गते सोमवार

images

इजरायली आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु, चार सय घाइते

इजरायली आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु, चार सय घाइते

सहर्ष न्युज
आइतवार, आषाढ १५ २०८२
सहर्ष न्युज
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौं । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।

    गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल-शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

    बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ।

    यस विषयमा इजरायली सेनालाई सम्पर्क गरेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बीबीसीले जनाएको छ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend