काठमाडौं । ‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ आयोजना हुने भएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा हुन लागेको उक्त साँझ यही असार १४ गते दिनको ४ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा हुने भएको हो ।
कार्यक्रममा गीतकार टेक तामाङद्वारा रचित गीतहरुको प्रस्तुती रहनेछन् । कार्यक्रममा गीतकार तामाङद्वारा रचित १७ वटा गीतहरु प्रस्तुत हुनेछन् ।
आयोजकका अनुसार उक्त साँझलाई विशेष बनाउन चर्चित र राष्ट्रियस्तरका डेढ दर्जन गायक गायिकाहरुले साथ दिने भएका छन् । १७ वटा गीत प्रस्तुत हुने उक्त साँझमा दीप श्रेष्ठ, राजेश पायल राई, अन्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, अस्मिता अधिकारी, किरण प्रधान, डेबिड शंकर, रुपक चौधरी, संगिता
राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइस्ट राई, सञ्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बम्जन र प्रल्हाद तिम्सिनाले प्रस्तुति दिने भएका आयोजक संस्थाले जानकारी दिएको छ ।
उक्त साँझ कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको उपस्थिति रहेने छ । कार्यक्रममा अन्य विशिष्ठि व्यक्तिहरु समेतको उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ ।
गीतकार टेक तामाङ नेपाल प्रहरीका एआईजी हुन् । उनी उपत्यका प्रहरी प्रमुख समेत हुन् । उनको नामबाट यस्तो कार्यक्रम गरिएको पहिलोपटक हो ।
