२०८३ श्रावण ११ गते सोमवार

images

किसानलाई हिउँदमा घाँसको अभाव टार्न सघाउँदै भीमाद नगरपालिका

किसानलाई हिउँदमा घाँसको अभाव टार्न सघाउँदै भीमाद नगरपालिका

सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
  •  

    भिमाद(तनहुँ) । तनहुँको भीमाद नगरपालिकाले अगुवा किसानलाई हिउँदमा घाँसको अभाव टार्न सघाउने भएको छ । यसका लागि नगरपालिकाले घाँसलाई भण्डार गर्ने (साइलेज) प्रविधिको मेसिन खरिद गरेर ल्याएको छ ।

    मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा वर्षायाममा पलाएको घाँसलाई भण्डार गर्ने (साइलेज) प्रविधिमा आधारित मेसिन खरीद गरी ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने साइलेज प्रविधि हो । यो प्रविधिले घाँसको अभाव हुने समय हिउँदमा हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । वर्षायाममा धेरे हुने घाँसको हिउँदमा प्रयोग गर्न पाउँदा किसानलाई पराल तथा दानामा थोरै खर्च गर्दा हुने हुँदा लागत मूल्य कम हुने भएकाले साइलेज प्रविधिको उद्योग सञ्चालन गर्ने निर्णय भएको भीमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनुभयो ।

    सुख्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने गाईभैंसी दुब्लाउने जस्ता कारणले गर्दा किसानलाई कम नाफा हुने भएकाले  हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका प्रयोग गर्न सकिने भएकाले सञ्चालन गरिएको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो, ‘‘किसानलाई प्राथमिकता दिएका छौं, त्यसैले उद्योग सञ्चालन गर्ने निर्णय गरेका हौं ।’’

    प्लास्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज हिउँदमा पशुलाई खुवाउन मिल्ने नगरपालिकाले जनाएको छ । 
    ७० प्रतिशत गण्डकी प्रदेश सरकार र ३० प्रतिशत नगरपालिकाले सहभागितमा ८२ लाखको मेसिन र २५ लाखको संरचना गरी एक करोड सात लाख लागतमा उद्योग सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिनुभयो । सुख्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो  ।

    नगरपालिकाका अनुसार यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । घोगा लागेको दुधिलो मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी नामक घाँसबाट पनि साइलेज बनाउन सकिन्छ । साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा मेशिन पालिकामा ल्याइसकिएको र चाँडै नै सञ्चालन गर्ने तयारी भइरहेको सूचना अधिकारी टेकावती ढकालले बताउनुभयो । हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुँदा यो हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुने बताइएको छ ।  

    वर्षा याममा बढी पानी पर्ने र तापक्रम धेरै हुने र हिउँदमा ज्यादै कम पानी पर्ने र जाडो हुने भएकाले वर्षा याममा प्रशस्त मात्रामा हरियो घाँस पाइने तर हिउँदमा घाँसको अभाव हुने गरेकोले उद्योग सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend