२०८३ भाद्र २८ गते आइतवार

images

सिन्धुपाल्चोकको खहरे काभ्रेबेँसी सिँचाइले चार हजार जमीनमा पानी

सिन्धुपाल्चोकको खहरे काभ्रेबेँसी सिँचाइले चार हजार जमीनमा पानी

सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
  • सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–२ कर्थलीस्थित खहरे काभ्रे बेसी सिँचाइले त्यस भेगका चार हजार रोपनी जग्गामा पानी पुगेको छ ।

    गत वर्ष बागमती प्रदेश सरकारले उक्त सिँचाइ योजनाका लागि एक करोड ७८ लाख विनियोजन गरेको थियो । तर त्यसमा बिलोमा ८१ लाख र यस वर्ष प्रदेश सरकारमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय चौताराको १० लाख लागतमा उक्त सिँचाइ योजनाको काम भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो ।

    सो सिँचाइले किसानका खेतबारीमा पानी पुग्न थालेपछि कृषकहरुमा खुशी छाएको कृषक सिर्जना गुरुङले हर्ष व्यक्त गर्नुभयो । गत वर्ष सो योजनाको मुहान, ड्याम निर्माण भएको थियो । यस वर्ष सिँचाइका लागि मेशिनरीवाल, आरसिसी कुलो निर्माण भएको छ । आगामी वर्ष ३० लाख बजेट प्राप्त भएमा कर्थलीको बेंसी लगायतका हजारौं रोपनी जग्गाजमिनमा पानी पुग्ने अध्यक्ष तामाङले माग गर्नुभएको छ ।

    उक्त सिँचाइले किसानका धानबाली, मकैबाली, आलु, प्याज, लसुन, काउली, गोलभेँडा, मूला, फापरलगायतका नगदेबाली र परम्परावादी खेतीबालीमा पानी पुगेको छ । सिँचाइकै कारण किसानहरुले नगदेबाली र तरकारी खेती गरेर गाउँमै मनग्गे आम्दानी लिन थालेको वडा अध्यक्ष तामाङले बताउनुभएको छ । यस साथै उक्त वडामा अन्य थुप्रै सिँचाइ योजनाका काम भएर किसानका खेतबारीमा पानी पुगेको छ । हाँडीखोला सिँचाइ, घट्टेखोला सिँचाइ, खहरे खोल्सा बुदेपा कोइराले सिँचाइलगायतका सिँचाइ योजनामार्फत हजारौं रोपनी जग्गाजमिनमा पानी पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend