२०८३ श्रावण ११ गते सोमवार

images

आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सहर्ष न्युज
मंगलवार, आषाढ १० २०८२
सहर्ष न्युज
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    फक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखा बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका २९ वर्षीय राजेश बराम रहेका छन् ।

    राजेशले ग्रिस पठाइदिन्छु भन्दै चार जना पीडितहरूबाट ३७ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बरामलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट आइतबार पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख  छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend