२०८३ भाद्र २८ गते आइतवार

images

प्रदेश अस्पताल सुर्खेतमा २५ लाख ६७ हजार भ्रष्टाचार, अख्तियारद्वारा लेखा अधिकृत सुवेदीसहित ३ जनाविरुद्ध मुद्दा

प्रदेश अस्पताल सुर्खेतमा २५ लाख ६७ हजार भ्रष्टाचार, अख्तियारद्वारा लेखा अधिकृत सुवेदीसहित ३ जनाविरुद्ध मुद्दा

सहर्ष न्युज
सोमवार, आषाढ ९ २०८२
सहर्ष न्युज
सोमवार, आषाढ ९ २०८२
  • काठमाडौं । प्रदेश अस्पताल, सुर्खेतमा २५ लाख ६७ हजार भ्रष्टाचार भएको छ । उक्त भ्रष्टाचारमा अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    अस्पतालमा बिरामीबाट संकलन भएको राजस्व बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको हो।

    आयोगका अनुसार, अस्पतालको स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर रकम संकलन गर्ने र उक्त रकम बैंकमा जम्मा नगरी हिनामिना गर्ने गरेको पाइएको छ।

    अख्तियारले यस कार्यमा लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत मिलेमतो रहेको दाबी गरेको छ।

    अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को अवधिमा संकलन भएको कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये केवल ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र बैंकमा दाखिला भएको देखिएको छ। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा बदनियतपूर्ण तरिकाले हिनामिना गरिएको अख्तियारले जनाएको छ।

    अख्तियारले लेखा अधिकृत सुवेदी र अपरेटर शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गरेको छ।

    त्यसैगरी, मतियारको भूमिका खेलेको आरोपमा बैंककी तत्कालीन काउन्टर प्रमुख मगरविरुद्ध भने २४ लाख २ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend