२०८३ भाद्र २७ गते शनिवार

images

इजरायलमा रहेका नेपालीको उद्धार गर्न पहल सुरु, अनलाइनमार्फत तथ्यांक र सूचना संकलन सुरु

इजरायलमा रहेका नेपालीको उद्धार गर्न पहल सुरु, अनलाइनमार्फत तथ्यांक र सूचना संकलन सुरु

सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं । इजरायलमा रहेका नेपालीहरुलाई उद्दार गर्न पहल सुरु भएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलनसँगै उद्दारको पहल सुरू गरेको हो ।

    दूतावासले एक सूचना निकाल्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो ।

    सूचनामा इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरू गरेको जनाएको छ । इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

    विगत केही समययता इजरायल र इरानबीचको युद्ध बढ्दै गएको छ । शक्तिराष्ट्रहरु अमेरिका र चीनसमेतले यो युद्धलाई चासोको साथ हेरेका छन् । इजरायल र इरानमा रहेका आफ्ना नागरिकलाई विभिन्न देशहरुले उद्दारको लागि पहल समेत थालिसकेको छ ।

    यसैबीच नेपालीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको इजरायलबाट नेपालीको उद्दार गरी नेपाल ल्याइए रेमिटान्समा समेत असर पर्ने निश्चित छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend