२०८३ भाद्र २९ गते सोमवार

images

उदयपुरको अमलचौरीमा एक युवक र एक बालिकाको शव फेला

उदयपुरको अमलचौरीमा एक युवक र एक बालिकाको शव फेला

सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
  • उदयपुर : उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा  दुई जनाको शव फेला परेको छ ।

    अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको प्रहरीले जनाएको  छ । मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा आज बिहान फेला परेको प्रहरीको भनाई छ ।

    बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेका थिए ।  

    के कसरी घटना भयो त्यस्को अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend