रेसङ्गा । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । कालिगण्डकी गाउँपालिका –६ को बर्लवामा दिउँसो साढे १२ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादु्र सारुले जानकारी दिनुभयो ।
माथिबाट खसेको पहिरोले करिडोरको बाटो पूर्ण रुपमा अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारी साधन बिचबाटोमा अलपत्र परेका छन् । पहिरो निरन्तर खसिरहेकाले करिडोर सञ्चालन गर्न समस्या भएको प्रहरी नायव उपरीक्षक सारुले बताउनुभयो ।
