२०८३ भाद्र २८ गते आइतवार

images

एअर इन्डियाको विमान दुर्घटनामा सय जनाको मृत्यु, मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान

एअर इन्डियाको विमान दुर्घटनामा सय जनाको मृत्यु, मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान

बिहिवार, जेठ ३० २०८२
बिहिवार, जेठ ३० २०८२

  • काठमाडौँ।  एअर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा अहिलेसम्म १०० जनाको मृत्यु भएको पुष्टि भएको छ।  विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए।

    दुर्घटनामा मृत्यु हुनेहरुमा ५३ जना बेलायती, ७ जना पोर्तुगीजी र १ जना क्यानाडाली नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेपनि मृतक सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

    AI-171 नम्बरको यो विमानले दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि, १:४० बजे, एयरपोर्टको दीवार नजिकै र एयर कस्टम कार्गो अफिसको छेउमा ठोक्किँदै दुर्घटनाग्रस्त भएको हो। विमानले ठोक्किएको भवनमा अहमदाबाद सिविल अस्पतालका डाक्टरहरू बसोबास गर्दै आएका थिए। दुर्घटनामा १५ जना डाक्टर घाइते भएको भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

    विमान दुर्घटनापछि समग्र क्षेत्रमा बाक्लो धुवाँले ढाकेको थियो भने सुरक्षाकर्मी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको एअर इन्डियाले जनाएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend