२०८३ श्रावण ११ गते सोमवार

images

सारिका, योगेश र गीताको तीजसम्बन्धी गीत ‘बजाउँदै चुरा’

सारिका, योगेश र गीताको तीजसम्बन्धी गीत ‘बजाउँदै चुरा’

सहर्ष न्युज
शुक्रवार, श्रावण २५ २०८१
सहर्ष न्युज
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।

    गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।

    नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउनुहुन्छ । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

    गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताउनुभयो । तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताउनुभयो । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    https://www.youtube.com/watch?v=0mDMhudutlA

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend