२०८३ श्रावण ११ गते सोमवार

images

एआईजी तथा डीआईजीमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह

एआईजी तथा डीआईजीमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह

सहर्ष न्युज
शनिवार, जेठ १८ २०८२
सहर्ष न्युज
शनिवार, जेठ १८ २०८२
  • काठमाडौं ।  प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका १२ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका  छन्  । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।

    नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना र नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ११ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएका थिए।

    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाह तथा प्रहरी नायव महानिरीक्षकहरू सुदर्शन प्रसाद कोईराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री(जि.सी), दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरूङ्ग रहनुभएका छन्  ।

    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरेका छन्  ।

    समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाहले संगठनको लक्ष्य र उद्देश्य हासिल गर्न एवम् छवि उच्च बनाउन पूर्ण व्यवसायिक निष्ठा र इमानदारीतापूर्वक अझ बढि सशक्त भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend